नेपाल लोडसेडिङ्गको कहालिलाग्दो अवस्थाबाट मुक्त माओवादीको नेतृत्वमा भएको हो : प्रचण्ड :

१६ चैत्र २०७८, बुधबार १४:१५

माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङ्गको कहालिलाग्दो अवस्थाबाट मुक्त भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए छन् ।

उनले अब नेपाली जनताको जिविकोपार्जन नै बिजुली हुने राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्दै बताए। नेपालको अपार जलस्रोतको भण्डारलाई उर्जा उत्पादनको क्षेत्रमा क्रान्तिकारी छलाङ मारिरहेको र यसलाई सरकारले उर्जाखानीको रूपमा विकास गर्नुपर्ने बताए।

उनले अथाह उर्जा उत्पादन यसको बजारीकरण र विश्वबजारमा बिजुली बेचेर आर्थिक क्रान्ति गर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने बताए। चितवनमा अबको ५० बर्षलाई धान्नेगरी ठूला ठूला भौतिक पूर्वाधारको योजना बनाउन मन्त्री तथा प्राधिकरणका कार्यकारी निर्देशकलाई उनले आग्रह गरे।

सो अवसरमा अध्यक्षले चितवन, मकवानपुर र नवलपुरलाई एकिकृत गरी विकास प्राधिकरण निर्माण गरी यस क्षेत्रको बृहत्तर विकास गर्ने योजनाका साथ आफू अगाडि बढिरहेको समेत बताए। विकासमा सबैको समान चिन्ता र चासो हुनुपर्ने बताउदै सबैको सामुहिक प्रयासले मात्र उपलब्धी हाँसिल हुने उनको भनाई थियो ।