
धरहरा पछिकै सबैभन्दा ठूलो भनिएको भ्यु टावरको उद्घाटन आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन् । १ सय ३४ फिट अग्लो र १० तले भ्यु टावर रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित बनवाटिकामा निर्माण गरिएको छ, उक्त टाव।रको उद्घाटन गर्न लागि ओली त्यसतर्फ जान लागेका हुन् ।
लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । सो भ्यु टावरबाट भारतको गोरखपुरसम्म देख्न सकिने छ ।
कपिलवस्तुका स्वतन्त्र सांसद बृजेशकुमार गुप्तालगायतलाई पार्टी प्रवेश गराउन सोमबार कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली आज दिनभर रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
