शितगंगा नगरपालिकाको राजनैतिक वैचारिक प्रशिक्षण सम्पन्न

१४ चैत्र २०७८, सोमबार १८:१६

नेकपा (माओवादी केन्द्र), शितगंगा नगर कमिटीको आयोजनामा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) केन्द्रका केन्द्रीय सदस्य तथा विषेश समन्वय प्रदेश इन्चार्ज डिलाराम आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उदघाटन कार्यक्रममा पाटि केन्द्रीय सदस्य ठाकुर कुमार बिक, प्रदेश समन्वय बिषेश समिति सदस्य श्रीधर खनाल, एकिकृत शिक्षक संगठन केन्द्रीय उपाध्यक्ष एम.बि.पान्डे लुम्बिनी सदस्य देब बहादुर खड्का, खेलकुद महासंघ जिल्ला सहसंयोजक सरोज पौडेल पत्रकार बिनोद खड्का, बाबुराम रसाईलिको उपस्थित रहेको थिए ।