राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकप्टरमार्फत् पोखरा किन जादै ?

१४ चैत्र २०७८, सोमबार १२:००

राष्ट्रपति विद्यादेवी भण्डारी समितिको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न पोखरा पुगेकी छिन्।
राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकप्टरमार्फत् पोखरा पुगेकी हुन्।

सम्मेलनको उद्घाटनपछि उनी आजै काठमाडौं फर्कने कार्यक्रम रहेको समितिको राष्ट्रिय सम्मेलनको स्रोतले जनाएको छ। पोखरा महानगरको न्यायीक समितिको आयोजनामा पहिलो पटक न्यायीक सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनमा देशभरका सबै स्थानीय तहका उपप्रमुखलाई निमन्त्रणा पठाएको न्यायीक समिति पोखराका संयोजक एवं उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिइन्। ‘हामीले देशका ७५३ वटै पालिकाका न्यायीक समितिलाई निमन्त्रणा गरेका छौं,’ गुरुङले भनिन्, ‘टाढाका पालिका उपप्रमुख हिजै आइसक्नुभएको छ, केही पालिकाबाट आउँदै हुनुहुन्छ।’

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल अब डेढ महिना बाँकी छ। पाँच वर्षे कार्यकालमा स्थानीय जनप्रतिनिधिले संविधानमै उल्लेख गरेर स्थानीय सरकारले पहिलो पटक न्यायीक अधिकारको प्रयोग गरेका छन्।

‘पाँच वर्षमा न्याय सम्पादनमा भएका राम्रा अभ्यास आदान प्रदान गर्ने र अस्पष्टता एवं चुनौती समाधानको बाटो खोज्ने सम्मेलनको उद्देश्य हो,’ गुरुङले भनिन्।