पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल चीनद्वारा नेपाललाई हस्तान्तरण

१२ चैत्र २०७८, शनिबार २२:३८


चीनले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच चिनियाँ विदेशमन्त्री वाङ यीले उक्त विमानस्थल नेपाललाई हस्तान्तरण गरेका हुन् ।

चिनियाँ विदेशमन्त्री वाङले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको साँचो परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता सकिएपछि चिनियाँ विदेशमन्त्री वाङले त्यहींबाट भर्चुअल रुपमा सो विमानस्थल समापन गरे भने त्यसपछि विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो ।

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ २२ अर्ब ऋण सहयोगमा निर्माण गरिएको हो । विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको छ ।

समापन र हस्तान्तरणको औपचाररिकता निर्वाह गरे पनि बाँकी निर्माण कार्य भने जारी रहने बताइएको छ ।