जसपाका प्रमुख सचेतक साहमाथि किन भयो आक्रमण ?

१२ चैत्र २०७८, शनिबार ११:२९

जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतक प्रमोद साहमाथि आक्रमण भएको छ । शाहलाई गत सोमबार मात्रै पार्टीले दलको प्रमुख सचेतकमा चयन गरेको थियो ।

सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजारमा बिहान १० वजे सांसद साहमाथि संघातिक आक्रमण भएको हो ।आक्रमणबाट साह घाइते भएको उनका आफन्त अनिल झाले बताए । उनका साथमा रहेका सुरक्षा गार्डलाई पनि कुटपिट भएको बताइएको छ । गार्डको पेस्तोल पनि खोसिएको झाले बताए । दुवैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।