
कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षले डाकेको जिल्ला सभापतिहरूको बैठक चलिरहेको छ। पौडेलले आफ्नै निवासमा संस्थापतइतरका सभापतिहरूलाई स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिन बैठक बोलाएका हुन् ।
बैठकमा केन्द्रीय सदस्य एवं कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू, पूर्वमहामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय सदस्य मधु आचार्य, तनहुँ सभापति जितप्रकाश आले, बाजुरा सभापति रामसिंह रावल र पाल्पा सभापति हिमालदत्त श्रेष्ठलगायतका नेताहरू सहभागी छन् ।
