नेता पुन फेरि चीन जानुको कारण यस्तो छ

११ चैत्र २०७८, शुक्रबार ११:०४

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अन्नत’ उपचारका लागि चीन गएका छन्। पुन पत्नी ओनसरी घर्तीका साथ हिमालयन एअरलाइन्सको कार्गो जहाजमार्फत चीन गएका हुन्। उनको साथमा नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन गएका छन्।

यसअघि चीनको सेनजेनमा रहेको थर्ड पिपुल्स अस्पतालमा पुस्तैनी जण्डिसका कारण पीडित पुनले उपचार गराएका थिए । गत १३ असोजमा थाइल्यान्डको बैङ्ककमा रहेको समितिभेज अस्पतालमा स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई लगिएको थियो ।

दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि पुनलाई १० मंसिरमा चीनबाट विशेषज्ञ चिकित्सकसहितको टोली आएर सेनजेन लगेको थियो । स्वास्थ्य लाभ गरी पुन १० माघमा स्वदेश फर्किएका थिए।

स्वास्थ्य अवस्था सामान्य रहे पनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले जान लागेको पुन पत्नी घर्तीले जानकारी दिइन् ।