पल शाहको थुनछेक बहस सकियो,अब के आदेश आउला ?

१० चैत्र २०७८, बिहीबार १७:२७

नाबालिग बलात्कार आरोप लागेका अभिनेता तथा कलाकार पल शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ। न्यायाधीशहरू अहिले आदेश लेखिरहेको र केहीबेरमा आदेश आउने अदालत स्रोतले जनाएको छ।

अभिनेता शाहविरुद्ध एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा मुद्दा दर्ता भएको थियो। जाहेरवालाको तर्फबाट बुधबार सरकारी वकिल र १० जना कानुन व्यवसायीले बहस गरेका थिए।

बिहीबार शाहको तर्फबाट पनि १० जना कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरूको बहस सकिएपछि सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको थियो।

अब मुद्दाको पुर्पक्षका लागि बलात्कार आरोपी शाह र मतियारको आरोप लागेका उनका म्यानेजर कृष्ण जोशीलाई तारेखमा राख्ने, धरौटी मागेर तारेखमा राख्ने वा थुनामा पठाउने आदेश हुने।