प्रचण्डले सहिद परिवारसँग बसेर खाना खाँदै

१० चैत्र २०७८, बिहीबार १३:०६

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्ड गत सातादेखि नै स्थानीय चुनावको लागि देश दौडाहामा गर्ने क्रममा बिहीबार चितवनमा छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा पुगेका अध्यक्ष प्रचण्डले माडीस्थित परवी खोला पुलको उद्घाटन गरे ।
लगत्तै प्रचण्डले कुसुमखोला नमुना चेपाङ बस्तीको (४१ घरपरिवार) आवास कार्यक्रमको उद्घाटन पनि गरे ।

३० वैशाखका लागि घोषणा गरिएको स्थानीय निर्वाचनको संघारमा दलका नेताहरू तीव्र दौडधुप गरिरहेका छन् । प्रचण्ड यसअघि पनि चितवन बेला बेलामा पुगिरहेका हुन्थे।

उनले माडीका सहिद परिवारसँग बसेर खाना खाएका छन् । आज माडी(७ का सहिद निलकण्ठ सुवेदी सुवासको स्मृति दिवस पनि हो ।
अध्यक्ष प्रचण्डले सहिद सुवासका आमाबुवासँग पनि भेट गरेका छन् । कमरेड सुवासप्रति श्रद्धाञ्जलि व्यक्त गरेको उनको स्वकिय सचिवालयले जानकारी दिएको छ ।