
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अहिले अर्घाखाँची जिल्लाका राजनीतिक दलहरु चुनावी कार्यक्रममा व्यस्त छन् । निर्वाचनको नजिकिदै गर्दा यतिबेला जिल्लामा चुनावी सरगर्मी बढेको छ ।
उता यो पटक अर्घाखाँचीको स्थानीय तहमा एमालेलाई ‘क्लिन स्विप’ पार्ने भन्दै पाँच दलीय गठबन्धनले नीतिगत घोषणा गरेको छ । ३ गाउँ र ३ नगरसहित ६१ वार्डमा नै एमाले उम्मेदवारलाई हराउँदै संघ र प्रदेशको चुनावसम्म एक भएर जाने सत्ता साझेदार दलले समझदारी गरेका छन् ।
अहिले अर्घाखाँचीमा कांग्रेसको दुई नगरपालिकामा प्रमुख, एक नगरमा उपप्रमुख र दुई गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष छन् । दुई नगरमा माओवादीका उपप्रमुख छन् । जिल्लाका ६१ वडामध्ये एमालेका २६, कांग्रेसका २४, माओवादीका ७ र राजमोका ४ वटा वडाध्यक्ष छन् ।
जिल्लामा पाँच दलीय गठबन्धन भित्र जनमत हेर्दा नेपाली कांग्रेस पहिलो शक्ति र दोस्रोमा राष्ट्रिय जनमोर्चा रहेको छ । भने नेकपा (माओवादी) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को अवस्था फुटको कारणले कमजोर छ । नेकपा विभाजनपछि रायमाझी र चन्द्रबहादुर खड्कासहितका प्रभावशाली जिल्ला नेता एमालेतिरै छन् ।
उता ०७४ को चुनावको मत परिणाम अनुसार ६ स्थानीय तहमध्ये कांग्रेसले चार ठाउँमा एक्लै जित्न सक्ने दाबी गर्दै केही कांग्रेस नेता/कार्यकर्ता भने गठबन्धन गरेर कांग्रेसलाई घाटा पुग्ने भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाइरहेका छन् । छत्रदेव र पाणिनीमा कांग्रेसले सहजै जित्ने, सन्धिखर्क र शितगंगा नगरपालिकामा एमालेसितको प्रतिस्पर्धामा झिनो मतान्तरमा प्रमुख/उपप्रमुख पद जित्न सकिने कांग्रेस वृत्तमा आकलन छ ।
साथै कांग्रेस असन्तुष्टि पक्ष भित्र तथा गठबन्धन दल भित्रका दलभित्र पद बाँडफाँटको लागि अनौपौचारिक छलफल शुरु भएका छन् । अनौपौचारिक छलफल अनुसार गठबन्धनको पहिलो दल नेपाली कांग्रेसलाई सन्धिखर्क र शितगंगा नगरपालिका मेयर र छत्रदेव र पाणिनीमा प्रमुख दिने, दोस्रो ठुलो दल राष्ट्रिय जनमोर्चालाई भूमिकास्थान नगरपालिकामा मेयर र सन्धिखर्क नगरपालिका उपमेयर, मालारानीमा उपप्रमुख दिने, एकीकृत समाजवादीलाई मालारानी प्रमुख र पाणिनीमा उपप्रमुख दिने, माओवादी केन्द्रलाई शितगंगा उपमेयर, भूमिकास्थान उपमेयरदिएर पद बाँडफाँट गर्नुपर्ने गरी जानुपर्ने तयारी गरिएको बताइएको छ । यस्तै अन्य ६१ वार्डमा पनि बाँडफाँटको लागि आन्तरिक छलफल हुँदैछ ।
“माओबादी केन्द्रको अवस्था यो पटक एकदम कमजोर रहेको छ । प्रभावशाली नेता टोपबहादुर रायमाझी, चन्द्रबहादुर खड्का सहितका प्रभावशालीका कारण पहिला भूमिकास्थानमा मेयर पद दिएपनि यो पटक माओवादी केन्द्रलाई शितगंगा उपमेयर, भूमिकास्थान उपमेयर दिदा पनि बढी नै हुन्छ; अहिले डिलाराम आचार्य र ठाकुर विकको पछाडी केही पनि जनमत छैन् , कांग्रेसका एक जिल्ला सदस्यले भने।”
उता साथै ०७४ सालमा जिल्लाका ६ वटा स्थानिय तहको नतिजा अनुसार नेपाली काँग्रेसले २ नगरपालीका र २ गाँउपालीका गरी ४ वटा पालीकामा बिजयी हासील गरेको थियो । त्यस्तै नेकपा एमालेले १ गाँउपालीका र माओबादी केन्द्रले १ नगरपालीकामा बिजयी हासील गरेका थियो । कुल ६१ वटा वडाहरु रहेका ६ पालीकामा नेपाली कांग्रेसले २५, नेकपा एमालेले २५, माओवादी केन्द्रले ७ र राष्ट्रिय जनमोर्चाले ४ वटा वडाहरुमा जित हासील गरेका थिए ।
सन्धिखर्क नगरपालीकामा नेपाली काँग्रेस र माओबादी केन्द्र गठबन्धनका मेयर र उपमेयर पदमा बिजयी भएका थिए । गठबन्धनबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार कमल प्रसाद भुसाल ८२३० मत प्राप्त गरी बिजयी भएका थिए । भुसालका प्रतिद्धन्दी एमालेका कृष्ण प्रसाद श्रेष्ठले ७१२७ मत ल्याएका थिए । त्यस्तै उपमेयरमा माओबादी केन्द्रका ठाकुर कुमार बिकले ७३६५ मत ल्याई बिजयी भएका थिए । बिकका प्रतिद्धन्दी एमालेकी ईश्वरा पोख्रेलले ६४०४ मत ल्याएका थिए । जसमा मेयरमा ११०३ र उपमेयरमा ९६१ मतको अन्तर रहेको छ ।
त्यस्तै शितगंगा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनका मेयर र उपमेयर पदमा विजयी भएका थिए । गठबन्धनबाट कांग्रेसका मेयर पदका उम्मेदवार सुर्यप्रसाद अधिकारी ८६७७ मत प्राप्त गरी विजयी भएका थिए । अधिकारीका प्रतिद्धन्धी एमालेका बसन्त श्रेष्ठले ६१०२ मत ल्याएका थिए । त्यस्तै उपमेयरमा माओवादीका टिका रेश्मीले ७१२८ मत ल्याई विजयी भएका थिए । रेश्मीका प्रतिद्धन्धी एमालेकी गिता भाटले ६१३३ मत ल्याएका थिए । मेयरमा २५७५ र उपमेयरमा ९९५ मतको अन्तर रहेको थियो ।
त्यस्तै छत्रदेव गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएका थिए । नेपाली कांग्रेसबाट अध्यक्षमा लेखनाथ पोख्रेलले ६१६७ मत र उनका प्रतिद्धन्धी रिषी अधिकारीले ५०६५ मत ल्याकेआ थिए । उपाध्यक्षमा कांग्रेसकी तुल्सा देवी श्रेष्ठले ६१९० मत भएका थिए, उनकी प्रतिद्धन्धी एमालेकी मनिषा पन्थीको ४६१६ मत ल्याएका थिए । सो पालीकामा अध्यक्षमा ११०२ र उपाध्यक्षमा १५६५ मतको अन्तर परेको थियो ।
त्यस्तै पाणिनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अच्युत गौतमले ५९७७ र उपाध्यक्षमा नेकपा एमालेकी लक्ष्मी गौतमले ५५४७ मत प्राप्त गरि विजय भएका थिए । उनका प्रतिस्प्रधी जिवनारायण कोईरालाले ५४८५ र नेकाकी अम्विका पोख्रेलले ५४१२ मत प्राप्त गरेका थिए । ८ वटा बडा रहेको उक्त गाउँपालिकामा ४ वटा वडामा एमाले र ४ वटा वडामा नेपाली कांग्रेसले बिजय प्राप्त गरेका थिए ।
त्यस्तै मालारानी गाँउपालीकाको अध्यक्षमा नेकपा एमालेका बालकृष्ण आचार्यले ६५०३ र उपाध्यक्षमा एमालेकै प्रमिला क्षेत्रीले ६५२२ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्धन्दी माओबादी काँग्रेस गठबन्धनका अध्यक्ष पदका उमेद्वार पदम क्षेत्रीले ५५०४ र उपाध्यक्ष पदकी उमेद्वार शान्ता खनालले ५२१० मत प्राप्त गरेका थिए । ९ वटा वडाहरु रहेको उक्त पालीकामा ६ वटा वडामा एमाले र ३ वटा वडामा माओबादी केन्द्रले जितेको थियो ।
यस्तै भुमिकास्थान नगरपालीकाको मेयर पदमा नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेस गठबन्धनका रेशम थापाले ५३२० मत र उपमेयरमा गठबन्धनकै खडानन्द बेल्बासेले ५२३० मत प्राप्त गरी बिजयी भएका थिए । उनका प्रतिद्धन्दी राजमोका मेयर पदका उमेद्वार कबिराम खनालले ४५४२ मत प्राप्त गरेका थिए । भने एमालेको तर्फबाट मेयर पदका उमेद्वार पिताम्बर भुसालले ४२५० मत प्राप्त गरेका थिए । त्यस्तै उपमेयरमा एमालेकी सुनिता बेल्बासेले ४७०१ मत र राजमोकी सकुन्तला रानाले ३५६६ मत प्राप्त गरेका थिए । १० वटा वडाहरु रहेको उक्त पालीकामा राजमोले ४, एमालेले ४, माओबादी केन्द्रले १ र नेपाली काँग्रेसले १ वडामा बिजयी हासील गरेको थियो ।
