प्रचण्डले भने मन्त्रालय हेरफेर हुने सम्भावना छ, कुन–कुन मन्त्री फेरिएलान ?

८ चैत्र २०७८, मंगलवार १२:३३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रले जनकपुरमा आसन्न स्थानीउ तह निर्वाचनलाई केन्दित गरी आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाने क्रममा पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताएका हुन् । उनले भने मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ ।’

प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग मागेको र माधवकुमार नेपालले भर्खर नयाँ पार्टी बनाएको छु भनेकाले माओवादीले सहयोग गरेको उनको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘यदि मन्त्री मण्डलमा हेरफेर हुने स्थिति आयो भने हामीलाई हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई भनेका छौं, उहाँ सहमति पनि हुनुहुन्छ ।’

उनका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुसँग आफ्नो कुराकानी भइरहेको जानकारी प्रधानमन्त्रीले गठबन्धनमा आवद्ध दलहरुलाई गराएका छन् । तर लोसपालाई पनि गठबन्धन र सरकारमा सहभागी गराउनेबारे कुनै छलफल नभएको उनले बताए ।