
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ३० बैशाखमै चुनाव हुने बताएका छन् ।
आज मोरङस्थित सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
देउवाले प्रशासनिक भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै चुनावका विषयमा कुनै आशंका नगर्न भनेका हुन् ।
उनले भने, ‘चुनाव गराउने काम निर्वाचन आयोगको हो, सरकारले आयोगलाई पूर्ण सहयोग गर्छ,’।
कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले चुनाव गराउनेमा शंका व्यक्त गरेपछि देउवाले चुनाव हुनेमा ढुक्क रहन आग्रह गरेका हुन् ।
