अछाममा कति जना म्यादी प्रहरी भर्ना गरिर्दै छ ?

७ चैत्र २०७८, सोमबार १२:१७

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीमा १० लाख जना जनशक्ति सरकारले माग गरेको थियो ।

अछाममा एक हजार दुई सय ३१ जना म्यादी प्रहरी स्थानीय तहको निर्वाचनका लागि भर्ना लिइने भएको छ।

अछाममा एक हजार दुई सय ३१ जना म्यादी प्रहरी स्थानीय तहको निर्वाचनका लागि भर्ना लिइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विगतमा म्यादी प्रहरीको कार्यावधि ५५ देखि ६० दिन अर्थात् दुई महिनाको हुने गरेको थियो । यसपटक भने एक महिना वा ४० दिन मात्र बनाउने तयारी भएको छ । तलब सुविधा पनि सोही अनुसार उपलब्ध हुने बताइएको छ । म्यादीलाई प्रहरी जवानसरह करिब २४ हजार तलब, पोसाक भत्ता पाँच हजार र खाजा खर्च उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ । एक हप्तादेखि १० दिनसम्म तालिम (प्रशिक्षण) गराइने पनि बताइएको छ ।