आजको मन्त्रीपरिषद्को बैठक किन महत्वपूर्ण रुपमा हेरिदै छ ?

६ चैत्र २०७८, आईतवार १४:१९

आइतबार दिउँसो ४ बजे  मन्त्रीपरिषद्को बैठक बस्दै छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले आज दिउँसो ४ मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

मन्त्री रामकुमारी झाँक्रीका अनुसार देउवाले आज दिउँसो चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

नियमित मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भए पनि देउवाले आजका लागि बोलाएको बैठक महत्वपूर्ण रुपमा हेरिएको छ ।