कम्युनिष्ट पार्टीका नेताहरुले दोहोरो चरित्र देखाए : प्रकाशमान सिंह

६ चैत्र २०७८, आईतवार ११:५९

कम्युनिष्ट पार्टीका नेताहरु जनता सामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेको कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् । कम्युनिष्ट पार्टीका नेताहरुले एमसीसीको सन्दर्भमा दोहोरो चरित्र देखाएको भन्दै उनले उक्त कुरा बताएका हुन् ।

नेता सिंहले कम्युनिष्ट पार्टीहरु भ्रमको खेती गर्न खप्पीस रहेको चुनावी अभियान अन्तर्गत आइतबार बिहान काठमाडौं क्षेत्र नं.१ को बुद्धनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आरोप लगाए ।

उनले भने, चुनाव नजिक आइसकेकाले भ्रमको खेती गर्नेहरुका बारेमा मतदाताका घर–घरमा पुगेर वास्तविकता बताउनुपर्छ । जनताको बिचमा सही विचार र सूचना पुर्याउन अल्छी नगर्नुस् ।

जुनसुकै छिमेकी मुलुकले राष्ट्र र जनताको हितमा दिने सहयोग लिन सकिने भन्दै उनले राजनीति मुलुक र जनताको हितलाई ध्यानमा राखेर गर्ने कुरामा आफू प्रष्ट रहेको बताए ।