प्रकाश सपूतले पीर बोलको गीत युटुबबाट हटाएर पुनः अपलोड गरे

५ चैत्र २०७८, शनिबार १८:५८

प्रकाश सपूतले ‘पीर’ बोलको गीतमा चौतर्फी दबाव आएपछि गीतलाई युटुबबाट हटाएका छन् । प्रकाश सपूतको आफ्नै युटुब च्यानलमा अपलोड भएको उक्त गीतलाई एक हप्तामा एक करोड भन्दा बढी दर्शकले हेरेका थिए ।

सपूतको उक्त गीतमा देखाइएको यौन कर्मीको दृष्यका कारण गीत विवादमा परेको थियो । उक्त गीतमा रहेको विवादित दृष्यलाई हटाइ पुनः उक्त गीतलाई शनिबार ५ः५५ बजे तिर सपूतले आफ्नै युटुब च्यानलमा अपलोड गरेका छन् ।

https://youtu.be/pDNV4OnYzp8