कांग्रेसले चुनावी गठबन्धनभन्दा पनि पार्टीलाई कसरी जिताउने भन्ने विषयलाई केन्द्रमा राखेको प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् ।
काँग्रेसले चुनावी गठबन्धनभन्दा पनि सबैभन्दा बढी सिट कसरी हासिल गर्ने भन्ने कुरा सोचेर अगाडि बढ्ने नीति तयार गरेको नेपाल प्रेस युनियन बाँके शाखाले शनिबार नेपालगञ्जमा आयोना गरेको कार्यक्रममा प्रवक्ता डा.महतले बताएका हुन् ।
सत्तारुढ गठबन्धनका बारेमा काँग्रेसलाई जे गर्दा फाइदा हुन्छ त्यसैअनुसार निर्णय लिने पनि उनले बताए । डा.महतले आगामी केन्द्रीय कमिटीको बैठकले गठबन्धनको विषयमा निर्णय लिने पनि स्पष्ट पारे ।
उनले काँग्रेसले चैतभित्रै उम्मेदवारको टुंगो लगाउने दाबी गर्दै भने, ‘हामी यसपटक समयमै उम्मेदवारहरूको टुंगो लगाएर निर्वाचनमा होमिन्छौँ, अघिल्ला निर्वाचन जस्तो अन्तिम समयमा आएर निर्णय लिने काम यो पटक हुँदैन, चैतभित्रै उम्मेदवार टुंग्याउँछौँ ।’
डा. महतले निर्वाचन केन्द्रित ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आह्वान पनि गरे ।
