
बैंकिङ कसुर मुद्दाका फरार एक जनालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ।
टोखा नगरपालिका –१ भत्केको पुल बस्दै आएका मकवानपुरको हेटौडा उपमहानगरपालिका –८ घर भई ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
प्रहरीका अनुसार विश्वकर्माले एक पीडितलाई मेघा बैंक लिमिटेडको पर्याप्त रकम नभएको चेक काटेर दिएका थिए । बैंकिङ कसुर मुद्दाका फरार विश्वकर्मालाई शुक्रबार टोखाबाट प्रहरीले पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक महतोले उक्त चेक बाउन्स भएपछि विश्वकर्मालाई पक्राउ गरेको बताए।
उनका अनुसार उच्च अदालत पाटनले विश्वकर्मालाई फागुन १० गते बैंकिङ कसुरमा २० लाख जरिवाना र पाँच दिन कैद फैसला सुनाएको थियो। उक्त फैसलापछि विश्वकर्मा फरार थिए।
