रौतहट एमाले अध्यक्ष त्रिभुवन साहले यस्तो भने गठबन्धनको सरकारलाई

४ चैत्र २०७८, शुक्रबार १२:०४

प्रभु साहलाई जोडेर बदनाम गर्ने कार्य भइरहेको भन्दै एमाले स्थायी कमिटी सदस्य रौतहटले विरोध गरेको छ ।

नेकपा एमाले रौतहट जिल्लाको मौलापुर न.पा.ले भाडामा लिएर चलाएको स्कार्पियो गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको विषयमा प्रभु साहलाई जोडेर बदनाम गर्ने कार्य भइरहेको भन्दै एमाले स्थायी कमिटी सदस्य विरोध गरेको हो । शुक्रबार विज्ञप्ति जारी गर्दै घट्नाको सत्य तथ्य पत्ता लगाउन रौतहट एमाले अध्यक्ष त्रिभुवन साहले आग्रह गरेका छन् ।

विगत ४ वर्षदेखि भाडामा प्रयोग गर्दै आईरहेको नागेन्द्र साहको नाममा रहेको बा १७ च ६१६३ नम्बरको स्कार्पियोबाट मौलापुर नपाकै एकजना कर्मचारीलाई महोत्तरी पुर्याएर फर्किने क्रममा गौर–चपुर सडक खण्डको हर्षाहामा दुर्घटना भएको थियो ।

दुर्घटनामा बृन्दाबन नगरपालिका ६ स्थानीय हर्साहा गाउँका वर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरिकुमार ठाकुरको ज्यान गएको थियो ।