नेपाली सेनाका जवानको पोखरीमा डुबेर मृत्यु

३ चैत्र २०७८, बिहीबार ०८:४३

नेपाली सेनाका जवानको दलदले पोखरीमा डुबेर मृत्यु भएको छ । जवान पवन कटुवाल गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फाल्दा मृत्यु भएको हो ।

निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको खोटाङ गाउँपालिका वडा नं ४ घर भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राति पौन ८ बजेतिर गैंडाले एक्कासी आक्रमण गर्न खोजेपछि उनी अतालिएर दलदले पोखरीमा हामफालेको डिएसपी अधिकारीले बताए।