सरकारले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ।
निर्वाचनका लागि एक लाख जना म्यादी भर्ना गर्ने सरकारको तयारी छ।
प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको सुचना अनुसार १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म निवेदन दिन सक्ने छन्।
भर्ना हुनका लागि अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनु पर्नेछ। ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो।
म्यादी प्रहरीमा भर्ना हुनका लागि सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने छ।
म्यादी प्रहरीले प्रहरी जवान सरह सुविधा पाउने छन्। छनौट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ।
म्यादी प्रहरीले प्रतिदिन ७५६ रुपैयाँका दरले तलव पाउँछन्।
४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोशाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराउने छ।
