
चुच्चे नक्सा हटाएर वर्तमान पाँचदलीय गठबन्धन सरकारले बुच्चे नक्सा छापेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।
‘मेरो नेतृत्वको सरकारले संसद्बाट पारित गरेको रहेछ एमालेनिकट अनेरास्ववियु महिला संघको कार्यक्रमलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उनले आरोप लगाएका हुन् ।
यसबारे मैले देउवाजी प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर बुच्चे नक्सा किन छापेको भनेर सोधें । उहाँले हो र ? त्यस्तो छ र भन्नुभयो’, ओलीले भने, ‘यस्ता छन् हाम्रा प्रधानमन्त्री । कसका डरले चुच्चे नक्सा हटाइयो ? राष्ट्रियताको विषयमा खेलबाड गर्ने छुट कसले दियो ? अब राष्ट्रियताविरोधी सरकार ढालेर एमालेको नेतृत्वमा सरकार बनाउनुपर्छ ।’
