अख्तियारद्धारा करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा चार जनाविरुध्द मुद्दा दायर

१ चैत्र २०७८, मंगलवार १२:०५

सामाजिक सुरक्षा, एकल महिला, अशक्त र ज्येष्ठ नागरिकलाई सरकारले उपलब्ध गराउँदै आएको भत्ता टाठाबाठाले हिनामिनो प्रवृत्ति बढेको छ ।

गोरखामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा एक करोड २१ लाख ९४ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा गाउँपालिका सचिवलगायत चार जनाविरुध्द मुद्दा दायर गरेको छ ।

अख्तियारले गोरखाको तत्कालीन हंशपुर गाविस र मुच्चोक गाविस–३ र ५ मा कार्यरत सचिव दीपकबहादुर दर्जीसहित चार जनाविरुध्द सार्वजनिक सम्पत्ति हानिनोक्सानीमार्फत भ्रष्टाचार गरेको दाबीसहित आरोपपत्र दायर गरेको हो ।

सचिव दर्जी र तत्कालीन गाविस अहेव चन्द्रकान्त सुवेदी,स्वास्थ्य सहायक सुरेश दवाडी र कार्यालय सहयोगी विशाल बिकले सामाजिक सुरक्षा भत्तावापतको रकम हिनामिना गरेको आरोपपत्रमा दाबी गरिएको छ । उनीहरु सबै जनामाथि कसुरको मात्राअनुसार कैद सजाय र जरिवाना माग गरिएको छ ।