अर्घाखाँचीमा एमाले लाई धक्का तिनै तहको चुनाबमा गठबन्धन गरेर अघि बढ्ने पाँच दलको सहमति

३० फाल्गुन २०७८, सोमबार १९:१७

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले अर्घाखाँचीमा अब हुने तीनै तहको चुनावमा गठबन्धन गरेर अगाडि बढ्ने सहमति गरेका छन्।

सोमबार (आज) अर्घाखाँची सन्धिखर्कमा पत्रकार सम्मेलन गरी पाँच दलबीच स्थानीय, प्रदेश र सङ्घीय चुनावका साथै जिल्लास्तरीय सङ्घ–संस्थाका चुनावमा गठबन्धन गरेर अगाडि बढ्ने सहमति भएको जानकारी गराएका छन् । पाँच दलका शीर्ष नेताहरूको बैठकले गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिए ।

संयुक्त पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, माओवादी केन्द्रका प्रदेश सदस्य छमकुमारी खनाल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शेरबहादुर बिसी, नेकपा समाजवादी का जिल्ला अध्यक्ष रामबहादुर चौहान र जसपाका जिल्ला अध्यक्ष जिन्दक खड्कालगायत उपस्थित थिए ।