भिलेन’ फेला पर्दा विभाजित हुनुपर्‍यो : अध्यक्ष प्रचण्ड

३० फाल्गुन २०७८, सोमबार १६:२०

एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्टिकरण दिएका छन् ।

अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको भए पनि ‘भिलेन’ फेला पर्दा विभाजित हुनुपरेको धनगढीमा सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बताए ।

‘गठबन्धन गरेर पार्टी एकता गर्‍यौं । पार्टी एकता गर्नु गलत थिएन’, प्रचण्डले भने, ‘तर, भिलेन फेला पर्‍यो । भिलेनसँग लड्दालड्दै विभाजित हुनुपर्‍यो ।’ एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र भएको आरोप लगाएका उनले माओवादीबाट आएका नेताहरूमाथि विभिन्न आरोप लगाएको बताए ।