
एमाले नेता भीम रावलप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश पोखेका छन् । नेता रावल मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गरेकोमा देउवाले आक्रोश पोखेका हुन् ।
भीम रावलले के हेरेर बसे त्यसबेला ? ‘मन्त्रिपरषबाट आफ्नै सरकार हुँदा पास गरेर संसदमा पेस गर्दा त्यसबेला किन आलोचना गरेनन् ?’ नुवाकोटको किस्पाङ गाउँपालिका भवन उद्घाटन गर्न पुगेका देउवाले आक्रोशित हुँदै भने,’अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसेबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्ने थियो ।’
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको बताउँदै देउवाले भने, ‘मैले एमसीसी पास गर्दा भीमबहादुर रावललाई किन टाउको दुख्ने ?’
