एमालेसँग सहकार्यको सम्भावना देखेको छैन : अध्यक्ष प्रचण्ड

२९ फाल्गुन २०७८, आईतवार ११:५२

नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
आफ्नो खुट्टामा उभिने पहिलो प्राथमिकता भएको बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले बताए ।

गठबन्धन गर्दा सरकारमा भएका दलहरुसँग सहकार्य गर्ने भन्दै उनले भने, ‘अहिले तत्काल एमालेसँग सहकार्यको सम्भावना देखेको छैन । राष्ट्रिय स्वाधिनताको विषयमा समझदारी हुनसक्छ कि भनेर छलफल गर्न नगएको होइन । तर अहंकार, निषेध बाहेक केही छैन । त्यसकारण एमालेसँग तत्काल सहकार्य हुन सक्दैन ।’