रुसले युक्रेनमा नयाँ फौजहरु परिचालन

२९ फाल्गुन २०७८, आईतवार ११:०३

युक्रेनको राजधानी किभनजिकै रुसी फौज पुगेको छ । रुसी फौज किभनजिकै उत्तर, पश्चिम र उत्तरपूर्वबाट घेरा हाल्दै पुगेको हो ।

रुसले नयाँ फौजहरु परिचालन गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेनासँग दशकौंपछि ठूलो क्षति सामना गरेको बताइरहेका बेला रुसी सेना किभनजिकै पुगेको हो ।

महिला र बालबालिकाको समूहमा रुसी फौजले गोली चलाएपछि किभनजिकको गाउँ छाडेर सुरक्षित क्षेत्रतर्फ बढिरहेका युक्रेनले जनाएको छ । शनिबार युक्रेनका विभिन्न शहरहरुबाट करिव १३ हजार सर्बसाधारणलाई सुरक्षित क्षेत्रतर्फ पठाइएको युक्रेनका उपप्रधानमन्त्रीले जानाकारी दिएका छन् । यो संख्या शुक्रबारको तुलनामा दोब्बर भएको बताइएको छ ।

सर्बसाधरणलाई सुरक्षित स्थानमा लैजाने क्षेत्रमा रुसी सेनाले निरन्तर हमला गरिरहेको किभ र दोनेत्सेकका गर्भनरहरुले बताएका छन् ।