सन् २०२२ को लागि सार्वजनिक भएको आइफोन एसईको नेपाली मूल्य कति ?

२७ फाल्गुन २०७८, शुक्रबार १२:१०

एप्पल कम्पनीले मंगलबार राति एक कार्यक्रम गर्दै नयाँ उपकरणहरू सार्वजनिक गरेको छ। सन् २०२२ को लागि नयाँ उपकरणहरू सार्वजनिक गरेको सिएनएन बिजनेसले जनाएको छ।

एप्पलले सार्वजनिक गरेको पहिलो उपकरण आईप्याड एयर थियो सिएनएन बिजनेसका अनुसार उक्त आईप्याड एयर सबैभन्दा अब्बल उपकरण यसको नयाँ बजेट आइफोन एसई बन्यो।

५जी नेटवर्क समर्थन गर्ने एसईको मूल्य कम्पनीले जम्मा ४ सय २९ अमेरिकी डलर तोकेको छ। यो भनेको नेपाली साढे ५२ हजार रुपैयाँ हाराहारि पर्छ। कम्पनीका अनुसार यो नयाँ आइफोन एसई किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यले नै निर्माण गरिएको हो।

नयाँ एसई सन् २०१७ मा सार्वजनिक आइफोनको तेस्रो संस्करण हो, जुन कम्पनीको सबैभन्दा छिटो चल्ने ए १५ बाइकन चिपमा आधारित छ। सोही चिप आइफोन १३को संस्करणमा पाउन सकिन्छ। नयाँ आइफोन एसईको क्यामेराहरू पनि अपडेट गरिएको छ।

एसई २०२२ मा १२ मेगापिक्सेलको रिअर क्यामेरा र ७ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। यसमा जम्मा ४.७ इन्चको एलसिडी डिस्प्ले छ। एप्पलले सन् २०२० को अप्रिलमा आइफोन एसईको दोस्रो संस्करण सार्वजनिक गरेको थियो। त्यसबेलादेखि नै बजारको बढ्दो माग बजेट स्मार्टफोनहरू रहेको बुझेर कम्पनीले यसपटक नयाँ आइफोन किफायती मूल्यमा सार्वजनिक गरेको हो।

२०२२ आइफोन एसई कालो, सेतो र रातो गरी तीन रंग विकल्पमा सार्वजनिक भएको छ। त्यस्तै, यो ६४ जिबी, १२८ जिबी र २५६ जिबी स्टोरेज भेरियन्टमामा उपलब्ध हुनेछ। कम्पनीका अनुसार यसलाई प्रि(अर्डर गर्न सकिन्छ। र, फोन मार्च १८ तारिखदेखि अन्तर्राष्ट्रिय बजारमा सिपिङमार्फत उपलब्ध गराइनेछ।