नेपाल आयल निगमको नेतृत्वमा उमेशप्रसाद थानी

२७ फाल्गुन २०७८, शुक्रबार ०८:५८

नेपाल आयल निगमको नेतृत्व उमेशप्रसाद थानीले समाल्ने भएका छन् । इन्जिनियर थानीलाई सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । हालैको  मन्त्रिपरिषद्ले थानीलाई निगमको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पुस २५ गतेदेखि माघ १६ गतेसम्म निगमको प्रमुखका लागि इच्छुक र योग्यता पुगेका व्यक्तिसँग आवेदन माग गरिएको थियो । फागुन १२ गतेबाट छनौट समितिले आवेदकको अन्तरर्वाता शुरु गरेको थियो ।