
राष्ट्रिय सभा संसदीय दलको नेतामा खिमलाल भट्टराई बिहीबार नियुक्त भएका छन्।
उनलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नियुक्त गरेका हुन्।
ओलीले राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा देवेन्द्र दाहाललाई पनि आजै नियुक्त गरेका छन्।
दुबै जनालाई ओलीले आफ्नो निवास बालकोटमा नियुक्तिको पत्र दिएका हुन्।
‘उहाँले तपाईंहरूलाई गह्रुंगो जिम्मेवारी छ। पार्टीले देशको नेतृत्व गरिहाल्छ। लोकतन्त्र र संसदीय मर्यादा जोगाउन तपाईंहरू जिम्मेवार भएर लाग्नुहोस् भन्नुभयो,’ भट्टराईले भने।
यो भन्दा पहिला सुमन प्याकुरेल राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता थिए। उनको पदावधि फागुन १९ गते सकिएको छ।
