
एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी कुश्मा चन्द नेपाली कांग्रेस प्रवेश गरेकी छन्। उनी उपाध्यक्षमा विसं २०७४ को स्थानीय तह निर्वाचनमा थिइन् ।
उनलाई एमालेले पार्टीबाट निकालेको थियो। राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगरेको आरोप उनीमाथि थियो।
आज आयोजित कार्यक्रममा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले उपाध्यक्ष चन्दलाई साधारण सदस्यता दिएर कांग्रेस प्रवेश गराएका हुन्।
