
एमसीसी सम्झौता अनुदानमा आउने रकमले देश विकास र रोजगार बढाउने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । आज पर्साको वीरगञ्जमा काँग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले एमसीसी सम्झौता अनुदानमा आउने रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरेका हुन् । एमसीसीबाट आउने रकम ऋण होइन अनुदान हो,’ प्रधानमन्त्री देउवाले भने, ‘यसले देशको विकास र रोजगार बढाउँछ ।’ उनले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
