हेलिकप्टरको प्रयोग गरी दुर्घटनाका घाइतेलाई उद्धार गर्न गृहमन्त्री खाँणको निर्देशन

२६ फाल्गुन २०७८, बिहीबार १२:२६

संखुवासभा बस दुर्घटनामा परि घाइते भएकाहरुलाई उद्धारका लागि हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन्।

हेलिकप्टरको प्रयोग गरी दुर्घटनाका घाइतेलाई उद्धार गर्न गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका सिडिओ नरहरी खतिवडालाई निर्देशन दिएका हुन्। गृहमन्त्रीको निर्देशनसँगै नेपाली सेनासँग सम्पर्क गरी हेलिकप्टर पठाउने तयारी भइरहेको गृह मन्त्तालयले जानकारी दिएको छ।

बिहीबार बिहान संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।
गम्भीर घाइते ५ जनालाई चैनपुरबाट हेलिकोप्टरमा धरान लैजाने तयारी भइरहेको सिडिओ खतिवडाले जानकारी दिए।