रंगेलीका मेयर बगडियालाई नेकपा एमालेका अध्यक्ष ओलीले यसरी गराए पार्टीमा स्वागत

२५ फाल्गुन २०७८, बुधबार १५:१४

मोरङको रंगेली नगरपालिकाका मेयर दिलीप बगडियालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका छन् । दिउँसो अध्यक्ष ओली मोरङको रंगेली नगरपालिका पुगेर बगडियालाई पार्टी प्रवेश गराएका हुन् ।

बगडिया माओवादीबाट मोरङको रंगेली नगरपालिकाका मेयरमा निर्वाचित भएका थिए । मेयरको कार्यकाल सकिनै लाग्दा उनी एमाले प्रवेश गरेका छन् ।