
माओवादीका केहि नेताहरुले अमेरिकी सहयोग परियोजना एमसीसीको विषयलाई लिएर पार्टी छाडेको घोषणा गरेका छन् ।
महोत्तरीमा नेकपा माओवादी केन्द्रका पाँच जना नेताले एमसीसी पारित गराउन पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।
माओवादी केन्द्रको मधेश प्रदेश कमिटी सदस्य तुलसीप्रसाद ढुंगाना, रामबहादुर राणा, राजनप्रसाद ढुंगाना, बर्दिबास नगरपालिका–३ का वडाध्यक्ष नरबहादुर खनाल र महिला नेतृहरु रहेका छन् । उनीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी छाडेको बताएका छन् ।
‘एमसीसी देश र जनताको हितमा नभएपनि पार्टी नेतृत्वले त्यसलाई पारित गराउन नेतृत्वदायी भूमिका खेल्यो’ संयोजक ढुंगानाले भने, ‘यस्तो पार्टीमा बस्दैनौं ।’ उनले अरु केही नेता कार्यकर्ताले पनि पार्टी परित्याग गरेको र उनीहरु पछि सार्वजनिक हुने बताए ।
