
मोरङको रंगेलीमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज जादैछन् । आज दिउँसो अध्यक्ष ओली रंगेली नगरपालिकाका मेयर दिलीप बगडियालाई पार्टी प्रवेश गराउनका लागि रंगेली जान लागेका हुन् ।
एमालेले रंगेलीमा बगडियाको पार्टी प्रवेशका लागि जनसभा राखेको छ । एमालेका मोरङ सचिव रुपेश खतिवडाले सभामा पार्टी प्रवेश कार्यक्रम राखिएको जानकारी दिए ।
उद्योगी बगडिया माओवादीबाट रंगेलीको मेयरमा निर्वाचित भएका थिए । मेयरको कार्यकाल सकिनै लाग्दा उनी एमाले प्रवेश गर्न लागेका हुन् ।
एमाले प्रवेश गर्न तयारी गरेपछि माओवादी केन्द्रले बगडियालाई फागुन १५ गते पार्टीबाट निष्कासित गरिसकेको छ।
