
आउँदो बिहीवार टर्कीमा रुस र टर्कीका विदेश मन्त्रीबीच भेट हुने भएको छ । कुटनीतिक फोरममा दुई विदेश मन्त्रीबीच बिहीवार टर्कीको अन्तालया सहरमा भेट हुन लागेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
टर्कीले दक्षिणी सहर अन्तलायामा त्यो फोरमको आयोजना गर्न लागेको छ । त्यस अवसरमा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा भेटघाट हुन लागेको हो ।
त्यो फोरममा सहभागी हुन रुसी विदेश मन्त्री सेर्गेइ लाभरोभ र युक्रेनका विदेश मन्त्री मेभलुत काभुस्गलु अन्तलाया जाने हुनुभएको हो । रुसी विदेश मन्त्री लाभरोभले आफू त्यो कुटनीतिक फोरममा सहभागी हुन जान लागेको जानकारी दिँदै त्यस अवसरमा युक्रेनका विदेश मन्त्रीसँग भेटघाट हुने जानकारी दिएको बताइएको छ ।
उता युक्रेनी विदेश मन्त्री मेभलुतले पनि त्यो फोरममा आफू जान लागेको भन्दै रुसी विदेश मन्त्रीसँग भेट हुने जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
