
नेकपा एमालेबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन्।
उनी नेकपा एमालेबाट ०७४ को स्थानीय तह चुनाव जितेर उम्मेदवार बनेका थिए।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा अध्यक्ष क्षेत्री आज पार्टी प्रवेश गरेका हुन्। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टी सदस्यता दिएर प्रवेश गराएका हुन्।
एमाले सिन्धुपाल्चोकका नेताहरू कृष्ण क्षेत्री, सुवास कर्माचार्यगायत पनि कांग्रेस प्रवेश गरेका छन्।
गाउँपालिका अध्यक्ष क्षेत्री एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्षका आकांक्षी थिए। एमालेले उनलाई अध्यक्ष नबनाएपछि उनी असन्तुष्ट थिए।
