नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बोर्डको सुधार बाटै समग्र बजारको सुधार प्रक्रिया थाल्दै छन् । उनलेे बनाएको ६ बुँदै कार्ययोजनामा संस्थागत क्षमता अभिवृद्धि पहिलो प्राथमिकतामा छ ।
बोर्डको सुपरिवेक्षणलाई मजबुत बनाउने, वित्तीय साक्षरता बढाउने, बजार विविधिकरण र लगानीकर्ताको हितमा काम गर्ने समेतका योजना उनका छन् । बोर्डको संस्थागत क्षमता अभिवृद्धिका लागि सबैभन्दा पहिले भौत्तिक क्षमता बढाउने तयारी उनको छ । २७ वर्षको अवधिमा बोर्डको आफ्नै भवन नभएको उल्लेख गर्दै आफ्नै कार्यकालमा बोर्डको भवन शिल्यान्यासम्मको काम पूरा गर्ने समेत हमाल बताउँछन् ।
बोर्डको क्षमता नढाएसम्म आफ्नो भूमिका प्रभावकारी रुपमा पूरा गर्न नसकिने उल्लेख गर्दै उनले धितोपत्र बजारको सुपरिवेक्षण क्षमता बढाउनु पर्ने उनको बुझाइ छ । “ठूलादेखि साना सबैको घर आँगनमा पुगिसकेको धितोपत्र बजारलाई अहिलेको सुपरिवेक्षण क्षमताले मात्रै पुग्दैन,” उनी भन्छन् ,“निगरानीको क्षमता विस्तार नगरेसम्म बोर्डले नियामकीय भूमिका सक्षम रुपमा निर्वाह गर्न सक्दैन ।”बजारको पहुँच देशभरी र हरेक परिवारमा पुगिसकेको छ, यसले गर्दा पनि बजारको महत्व बढेको हमाल बताउछन । देशको अर्थतन्त्र र पूँजी निमार्णका लागि धितोपत्र बजार भूमिका महत्वपूर्ण छ ।
संस्थागत क्षमता अभिवृद्धि गर्ने क्रममा बोर्डको सूचना प्रविधि व्यवस्थापन जरुरी रहेको उनको भनाई छ । हरेक संस्थाको मेरुदण्डको रुपमा रहेको ‘म्यानेजमेन्ट इन्फोरमेसन सिस्टम’ को अभावमा बजारको विकास असम्भव रहेको उनी बताउछन् । आफुले विदेशमा देखे जानेका प्रविधिहरु भित्रयाउन पहल गर्ने बताउँदै उनले बोर्डको सूचना प्रविधि व्यवस्थापनको क्षमता बढाउने प्रतिवद्धता उनको कार्ययोजनामा छ ।
बोर्ड अध्यक्ष हमालले आफ्नो दोस्रो प्राथमिकतामा बजारको नियमन र सुपरिवेक्षण सुधारलाई राखेका छन् । बोर्डसँग अहिले रहेको पूर्वाधार र प्रविधि प्रयाप्त नभएको भन्दै उनले ‘अटोमेटेड सर्भिलेन्स सिस्टम’ जडान गर्ने योजना सुनाए । साथै उनले ‘वल्र्ड स्ट्याण्डर्ड’ परीक्षण र पुष्टी दुवै भएको ‘सर्भेलियन्स’ प्रविधि जडान गरी सुपरिवेक्षणको क्षमता वृद्धि गरिने बताए । बोर्डका कर्मचारीको क्षमता र मनोबाल बढाउनुपर्ने आवश्यकता समेत उनले औंल्याए ।
पारदर्शी र निश्पक्ष तवरले नियामकले सुपरिवेक्षण मापदण्डको पूर्णरुपमा पालना गर्नु जरुरी रहेको बताउँदै उनले साना लगानीकर्ताको संरक्षण हुनेगरी ऐन तथा नियमावलीहरु समयसापेक्ष सुधार गर्दै लैजाने तयारी गरेको समेत जानकारी दिए । धितोपत्र बजारको उचित विकास, विविधिकरणका र साना लगानीहरुको हित प्राथमिकतामा पर्ने गरी बजार विस्तार गर्नुपर्ने उनको भनाई छ ।
हमालको तेस्रो प्राथमिकतामा वित्तीय साक्षरता अभिवृद्धि रहेको छ । वित्तीय साक्षरताको अभावले बजारमा अनावश्यक उतारचढाबहरु देखापर्ने गरेको बताउँदै उनले वित्तीय साक्षरता अभिवृद्धिमा जोड दिनुपर्ने बताउँछन् । अहिले वित्तीय साक्षरता १७–१८ प्रतिशतमा सिमित रहेको उल्लेख गर्दै धितोपत्र बजार, ब्रोकर, संस्थागत लगानीकर्ता लगायतका बजारका सरोकारवालाहरुसँगको सहकार्यमा वित्तीय साक्षरताको अभियान संचालन गर्न आन्तरिक तयारी सुरु गरिसकेको बताउछन् ।
हमालको चौथो प्राथमिकतामा पारदर्शी बजार रहेको छ । धितोपत्र बजारमा पारदर्शीता महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले सबैलाई समान व्यवहार गरिने गर्नुपर्ने बताए । साना लगानीकर्ताहरुको हितका लागि नियमन र सुपरभिजनको क्षमता बढाउनु निकै महत्त्वपूर्ण रहेको उल्लेख गरिएकाे छ।
नेपालको धितोपत्र बजारमा इक्विटीहरु मात्र समावेश भएको भन्दै लगानी विविधीकरणका अन्य उपकरणहरु परिचालित गर्नुपर्नेमा उनको जोड छ । बजार विविधिकरणलाई पाँचौ प्राथमिमतामा राखेका उनले बजारको विकास र जोखिम कम गर्न नयाँ वित्तीय औजाहरुको अवश्यकता औल्याउछन । बजारमा रियल सेक्टरका कम्पनीहरु भित्रयाउनुपर्ने आवश्यकता औल्याउँदै उनले ठूला कम्पनीहरुलाई बजारमा ल्याएमा जोखिम न्यूनीकरणका साथै सुरक्षित लगानीका विकल्प उपलब्ध हुने बताउछज ।
पछिल्लो समयमा ठूला करदातामा दर्ता भएका कम्पनीहरुको संख्या १२ सय भन्दा धेरै ठूला करदाता कम्पनीहरु रहेको उल्लेख गर्दै ‘बुक बिल्डिंग’ प्रक्रियाबाट यी कम्पनीहरुलाई बजारमा समावेश गर्न पहल गर्ने बताउछन । रियल सेक्टरका कम्पनीहरुलाई बजारमा आउन आह्वान समेत उनले गरे । “हामीले के सहजीकरण गर्नुपर्छ ? हामीबाट के खोज्नु भएको छ ?” उनले प्रश्न गर्दै भन्छन “रियल सेक्टरका कम्पनी लिस्टिङ्ग गर्ने हाम्रो उदेश्य हो, यहाँलाई धितोपत्र बोर्डले उचित सहजीकरणको भूमिका निर्वाह गर्छ ।” पारदर्शी रुपमा रियल सेक्टरका कम्पनीहरुलाई लिस्टिङ्ग गर्ने वातावरण तयार गर्न आफु प्रतिबद्ध रहेको उनले बताए । ठूला कम्पनीहरु बजारमा आउदा बजार स्थायित्वका साथै सरकारको राजश्व संकलन समेत बढ्ने उनको भनाई थियो ।
उनले छर्ठौ तथा मत्वपूर्ण योजनामा लगानीकर्ता हितलाई जोड दिए । साना लगानीकर्ताको हित र सुरक्षालाई महत्वपूर्ण रुपमा लिएको बताउँदै उनले साना लगानीकर्ताहरु अफ्ठयारोमा पार्ने तथा ठगिने वातारणको अन्त्ये गर्ने प्रतिवद्धता उनको छ । “टि प्लस टुमा सेटलमेन्ट नभएमा ब्रोकरलाई तुरुन्तै कारबाही गरिन्छ,” उनी भन्छन, “बजारको लागत घटाउनेमा पनि अध्ययन गर्न लागेका छौ ।” बजारका अन्य सहभागीलाई मर्का नपर्ने गरी लगानीकर्तालाई राहात दिनेतर्फ बोर्डले काम गर्ने प्रतिबद्धता उनको छ ।
