
अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पास गरिएको गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन्। एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा नआउने गृहमन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँडले स्पष्ट पारे।
एमसीसी हामीले राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पारित गरेका हौं। एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा आउदैन, गृहमन्त्री खाँडले भने। एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय विश्वसनीयता कायम हुने र दातृ निकायले भरोसा कायम गर्ने वातावरण निर्माण भएको उनको भनाइ छ।
मन्त्री खाँडले एमसीसीबाट विद्युतमा विकास, गरिवी निवारण र भौतिक विकासमा सहयोग पुर्याउने बताए। एमसीसीले दिएको सहयोगको ठूलो हिस्सा विद्युतको ट्रान्समिसन लाइन निर्माणमा र केही सडक निर्माणमा प्रयोग गरिने गृहमन्त्री खाँडले बताए।
एमसीसी सहयोगबाट सञ्चालन हुने परियोजनामा अन्तराष्ट्रिय टेण्डर आब्हान हुन्छ । प्रक्रिया पुर्याएर जुनसुकै कम्पनीले पनि टेण्डर पार्न सक्छन् । बाहिर आएजस्तो हल्ला होइन ।
मन्त्री खाँडले राष्ट्रियतालाई सवल बनाउन एमसीसी ल्याइएको बताए। विद्युतको तारबाट विद्युत आउँछ, सेना आउँदैन,गृहमन्त्री खाणले भने,राष्ट्रियतालाई सवल बनाउन एमसीसी ल्याइएको हो । उनले नेपालमा उत्पादित विद्युत खपतका लागि आवश्यक ट्रान्समिसन लाइन एमसीसीमार्फत आउने सहयोगबाट निर्माण हुने बताए।
एमसीसी ऋण नभइ अनुदान भएको बताउँदै मन्त्री खाँडले आयोजनामा काम गर्न अमेरिकी कामदार आउने भन्ने प्रचार भ्रम मात्रै भएको बताए । ुएमसीसी ऋण होइन, अनुदान हो, गृहमन्त्री खाँडले भने,आयोजनामा नेपालीले नै काम गर्ने हो, अमेरिकी कामदार आउँदैनन् ।
मन्त्री खाँडले एमसीसी सहयोगबाट सञ्चालन हुने परियोजनामा जुनसुकै कम्पनीले पनि टेण्डर हालेर काम पाउन सक्ने बताए। एमसीसी सहयोगबाट सञ्चालन हुने परियोजनामा अन्तराष्ट्रिय टेण्डर आब्हान हुन्छ । प्रक्रिया पुर्याएर जुनसुकै कम्पनीले पनि टेण्डर पार्न सक्छन् ।
