
काठमाडौं बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको नेताहरूले बताएका छन् ।
बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरूको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् । २० फागुनमा सुरु भएको केन्द्रीय समिति बैठक आइतबार भने बस्न सकेको थिएन ।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणीसहित पारित भएपछि माओवादी केन्द्रभित्र विवाद छ । बैठकमा नेताहरुले यस विषयमा पनि धारणा राखिरहेका छन् ।
