एमसीसी खारेज नभए नेपालको स्थिति इराक, सिरिया र अफगानिस्तानको जस्तो हुन्छ : चित्रबहादुर केसी

२० फाल्गुन २०७८, शुक्रबार १६:२६

एमसीसी कुनै पनि हालतमा खारेज हुनुपर्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् । अध्यक्ष केसीले शुक्रबार खुला मञ्चमा आयोजित संयुक्त विरोध सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष केसीले भनेका छन्, ‘एमसीसी जहिलेसम्म खारेज हुँदैन, तबसम्म जनताले यसको विरुद्धमा संघर्ष गर्नुपर्छ।अध्यक्ष केसीले नेपालका ठूला दलहरूबीच अमेरिकी आशीर्वाद कसले लिने भन्नेबारे प्रतिस्पर्धा चलिरहेको दाबी गरे । ‘एमसीसी मेरो दलले पारित गराएको हो भनेर अमेरिकासामु भन्ने र आशीर्वाद लिएर त्यसैको आडमा राजनीति गर्नेहरूको ठूलै प्रतिस्पर्धा छ । ठूला दलहरू यही गरिरहेका छन् ।’

अध्यक्ष केसीले एमसीसी खारेज नभए नेपालको स्थिति इराक, सिरिया र अफगानिस्तानको जस्तो हुने दाबी गरे ।