नारायणकाजी श्रेष्ठले पूर्वएकताकेन्द्र पक्षधर समेटेर माओवादी केन्द्र नै छाड्ने तयारी

१९ फाल्गुन २०७८, बिहीबार १०:१७

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान छलफल भएको छ।

आफ्नो पार्टी माओवादी केन्द्र पनि संसदबाट एमसीसी अनुमोदनमा सहभागी भएपछि अध्यक्ष प्रचण्डसँग श्रेष्ठ असन्तुष्ट छन्। उनले पूर्वएकताकेन्द्र पक्षधर समेटेर माओवादी केन्द्र नै छाड्ने तयारी गरेपछि प्रचण्ड रोक्ने प्रयासमा छन्।

बुधबार दिनभर पूर्वएकता केन्द्र र जनमोर्चानिकट नेताहरूबीच छलफल भएको थियो। पार्टी विभाजन हुन नदिन माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन अनन्तले पनि श्रेष्ठसँग भेटवार्ता गरेका थिए।

त्यसलगत्तै आज बिहीबार बिहान श्रेष्ठले अध्यक्ष प्रचण्डलाई खुमलटारस्थित उनकै निवास पुगेर भेटेका हुन्।
एक नेताका अनुसार पूर्वएकता केन्द्र पक्षधर नेताहरू शुक्रबार सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा सहभागी हुनेरनहुने निर्णय गर्न आज पनि दिनभर छलफलमा जुट्ने भएका छन्।