सुनकाे भाउ प्रति ताेलाकाे एक लाख नजिक पुग्यो

१८ फाल्गुन २०७८, बुधबार १३:५८


नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १९ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि ९९ हजारमा पुगेको छ।

त्यस्तै बुधबार चाँदीको भाउ पनि तोलाको ४० रुपैयाँले बढेको छ।

चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको छ।