![]()
माओवादीले शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाएको छ। सत्ता साझेदार नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको हो। बैठकका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले केन्द्रीय सदस्यहरूलाई एसएमएससमेत पठाइसके जानकारी गराए ।
आइतबार संसदबाट एमसिसी अनुमोदन भएपछि माओवादीभित्र तीव्र असन्तुष्टि चुलिएको छ । नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेललगायतले व्याख्यात्मक टिप्पणीमार्फत एमसिसी पास गर्ने निर्णयप्रति असन्तुष्टि जनाइरहेका छन्
बैठकमा पार्टीभित्रको चर्को असन्तुष्टि समाधान गर्नका लागि छलफल हुने बताइएको छ । साथै, केन्द्रीय समिति बैठकले बाँकी रहेका पदाधिकारी पनि चयन गर्ने सम्भावना छ ।
