ओलीले रावललाई हिरो बन्न खोजेको भनेपछि रावल आक्रोशित हुदै यसो भने

१८ फाल्गुन २०७८, बुधबार १२:०२

नेकपा एमालेका अन्य सांसदले बैठक अवरूद्ध गरिरहँदा रावलले रोस्टम प्रयोग गरेर एमसिसीबारे छलफलमा भाग लिएका थिए । रावलले रोस्टम प्रयोग गरेर एमसिसीबारे छलफलमा भाग लिएपछि अध्यक्ष केपी शर्मा ओलीले रावल पार्टीको अनुशासन बाहिर गएको प्रतिक्रिया दिएका थिए।

अध्यक्ष ओलीको उक्त प्रतिक्रिया पछि नेता भीम रावलले आफू पार्टी सिद्धान्तअनुरूप नै उभिएको बताएका छन्। गत आइतबार एमालेले संसद अवरूद्ध गरिरहँदा रावलले एमसिसीबारे छलफलमा भाग लिएका थिए।

अध्यक्ष ओलीलाई लक्षित गर्दै आज रावलले संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त र नीतिविपरीत भनेका छन्।

‘एमालेको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावले एमसीसीसंगको सम्झौताबारे स्पष्ट धारणा बनाई राष्ट्रिय हितको पक्षमा उभिन निर्देशित गर्दछ,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत हो। म पार्टी सिद्धान्त अनुरुप उभिएको छु।’

अध्यक्ष ओलीले मंगलबार पत्रकार सम्मेलनमा रावल हिरो बन्न खोजेको प्रतिक्रिया दिएका थिए। ओलीले सांसद रावललाई कारबाही गर्ने संकेत पनि गरेका थिए।

एमसिसीबारे धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले रावल हिरो बन्न खोजेको पनि बताएका थिए।

भीम रावल पार्टीको धारणा वा पार्टीको काम कारबाहीभन्दा पृथक ढंगले आफूलाई प्रस्तुत गरिरहनु भएको छ। मैले पार्टीको संसदीय दलको बैठकमा पनि भनेको थिएँ। आफूलाई व्यक्तिगत तवरमा हिरो देखाउन खोज्ने त्यस खालका कुरा, काम कारबाही त्यस खालको विचार र कुनै पनि बहानामा चाहे राष्ट्रवादको होस् वा लोकतन्त्रको होस् अरू बहानामा हाम्रो पार्टीले लिएका नीति सही छन्। त्यसका विरूद्ध पृथक देखिएर गरिने क्रियाकलाप अनुशासनभित्र पर्दैनन्,अध्यक्ष ओलीले भनेका थिए।

नेकपा एमालेको सल्लाहकार परिषद् सदस्य तथा सांसद रावलले प्रतिनिधि सभाको बैठकमा एमसिसीविरूद्ध रोष्टमबाट बोलेका थिए। जबकि एमाले सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गरिरहेका थिए।

उहाँले आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशानहीन क्रियाकलाप गरिहरनु भएको छु, ओलीले भनेका थिए, त्यस विषयमा पार्टीको ध्यान गएको छ।

सांसद रावलले एमाले महाधिवेशनमा ओलीसँग अध्यक्ष पदका लागि प्रतिष्पर्धा गरेका थिए। रावल मतदानमा पराजित भएका थिए।