
नेकपा माओवादी केन्द्रका नेता नायरणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।
नायरणकाजी श्रेष्ठ निवास हात्तीवनमा आज विहान महासचिव विप्लव नेता श्रेष्ठसँग छलफलका लागि पुगेका छन्। उनीहरुबीचको भेटवार्ता जारी रहेको जनाइएको छ।
पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी प्रनितिधि सभाबाट पारित भएपछिको अवस्थाका लगायका विषयमा दुई नेताबीच छलफल हुने जनाइएको छ।
राजनीतिक सहकार्य गर्ने विषयमा पनि उनीहरुबीच कुराकानी हुने स्रोतको भनाइ छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणामा केही नेताले असन्तुष्टि व्यक्त गरेपछि दिएको अभिव्यक्तिलाई लिएर नेता श्रेष्ठ पक्ष असन्तुष्ट बनेको छ।
