प्रचण्ड र नेपालले द्वैध चरित्र देखाएको ओलीको आरोप

१७ फाल्गुन २०७८, मंगलवार १४:३७

एमसीसीको विषयमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले द्वैध चरित्र देखाएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्। एमसीसीलाई राष्ट्रघाती भनेर कार्यकर्ता सडकमा उतार्न र पास गर्ने काम ति दलले गरेको उनको आरोप थियो।

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले आइतबार एमसीसी प्रनितिधि सभाको बैठकले पारित गरेपछि मंगलबार पत्रकार सम्मेलनमा एमसीसी विकास परियोजना भएको तर यसमा राजनीति भएको टिप्पणी गरे। ‘यसमा राजनीति नगरी विकास परियोजनाको रुपमा अघि बढाउनुपर्ने थियो’ उनले भने ‘तर देशमा भाँडभैलो गर्ने प्रयास गरियो।’ उनले शाकाहारी आन्दोलनले भएनदेखि अनेक धम्की दिएर आफ्नो कुरा माथि पार्न खोजेको आरोप लगाए।

सभामुखले पटक पटक म पेस गर्दिन भन्ने, म मर्न तयार छु भन्ने अनि अहिले पारित गरेको टिप्पणी गरे। उनले कार्यकर्तालाई हिंसात्मक आन्दोलनमा उतारे सत्ता गुम्ने भएपछि एमसीसी पारित गरेको आरोप लगाए।

‘कार्यकर्तालाई सडकमा भिडाउने अनि आफू सत्ता र गठवन्धन कसरी जोगाउने भन्नेतिर लाग्नु भयो’ ओलीले भने ‘एमसीसीमा राष्ट्रघात हो कि हैन। हैन भने किन सडक भत्काउने देखि ढुङ्गामुडा गराउन पुष्पकमल दाहाल र माधव नेपालले किन गर्नु भयो।’

‘सभामुखको पद जाने भयो, माधव नेपालको पार्टी जाने भयो अनि पारित गर्न तयार हुनु भयो ’ ओलीले भने ‘राष्ट्रवादसँग जोडिन वा साटिन सक्ने कुरा हो तरुु